
मिति २०८२/०१/२९ गते बिहान करिब ४:३० बजे काठमाडौं महानगरपालिका–१६, बनस्थलीस्थित विश्वकर्मा बाबा वर्कशप तथा चार्जिङ सेन्टरको पार्किङ स्थलबाट बागमती प्रदेश ०१-००२ ज ६७६६ नम्बरको इलेक्ट्रोनिक माइक्रोबस चोरी भएको थियो। सो सवारी स्याङ्जा जिल्ला, बिरुवा गाउँपालिका–१ घर भइ हाल काठमाडौंको बनस्थलीमा बसोबास गर्ने १९ वर्षीय सुदीप थापाले चोरी गरी धादिङ जिल्लातर्फ चलाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
उक्त सवारीसाधनसहित थापालाई जिल्ला प्रहरी कार्यालय धादिङको समन्वयमा नियन्त्रणमा लिइएको छ। चोरी सम्बन्धी कसूरमा अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट चार दिनको म्याद थप अनुमति लिइ अनुसन्धान अगाडि बढाइएको छ।






