
काठमाडौं, जेठ १ – आठौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजतर्फ न्युटन र ग्रिनल्यान्डले बिहीबार क्वाटरफाइनलमा स्थान बनाएका छन्।
न्युटनले गोल्डेनपिकलाई २८–२७ को झिनो अन्तरले पराजित गर्यो। टिमका सविन राईले ८ अंक योगदान दिए। ग्रिनल्यान्डले एन्जल्स हार्टलाई २६–२२ ले हरायो, जसमा राहुल तामाङले १० स्कोर गरे।
अन्य खेलमा पारामाउन्टले क्यान्भास बसन्त ऋतुलाई २५–१८ ले तथा भ्याली पब्लिकले आयोजक बसुन्धरा नेसनल एकेडेमी (बीएनए) लाई ४७–३५ ले हराउँदै अन्तिम आठमा प्रवेश गरे। पारामाउन्टका सुशन थापाले ५ र भ्याली पब्लिकका अशोक विकले २३ अंक जोड्न सफल भए।

जुनियर ब्वाइजको क्वाटरफाइनलमा लालीगुराँस नेसनल एकेडेमीले क्यान्भास, पारामाउन्टले ग्रिनल्यान्ड, भ्याली पब्लिकले गोल्डेनपिक तथा न्युटनले स्किब्ससँग प्रतिस्पर्धा गर्नेछ।
सिनियर गल्र्सतर्फ पनि क्वाटरफाइनल टुंगो
सिनियर गल्र्सतर्फ केभीकेएसएस, फेरिल्यान्ड, ग्रिनल्यान्ड र भ्याली पब्लिकले क्वाटरफाइनलमा स्थान बनाएका छन्। केभीकेएसएसले बीएनएलाई २४–१८, फेरिल्यान्डले टीआईएलाई २८–२२, ग्रिनल्यान्डले न्युटनलाई २४–१९ र भ्याली पब्लिकले लालीगुराँसलाई ३७–३० ले पराजित गरे।
केभीकेएसएसकी रोजी श्रेष्ठले ९, फेरिल्यान्डकी करुणा बोगटीले १३, ग्रिनल्यान्डकी बिहानी राईले ९ तथा भ्याली पब्लिककी दृष्य गुरुङले १४ अंक जोडिन्।
सिनियर गल्र्सको क्वाटरफाइनलमा ग्रिनल्यान्डले टीआईए, भ्याली पब्लिकले जेबी स्कुल, केभीकेएसएसले लालीगुराँस र फेरिल्यान्डले न्युटनसँग भिड्नेछन्।





