
काठमाडौं, बैशाख ३१ गते। लालीगुराँस नेसनल एकेडेमी र क्यान्भास बसन्त ऋतु आठौं बीएनए कप अन्तरविद्यालय बास्केटबलको जुनियर ब्वाइज प्रतियोगितामा विजयी भएका छन्। बसुन्धारास्थित आयोजक बसुन्धरा नेसनल एकेडेमी (बीएनए) को कोर्टमा लालीगुराँसले एन्जल्स हार्टलाई ३१–२८ ले पराजित गर्यो। लालीगुराँसको जितमा साहिद पुनले १३ अंकको योगदान दिएका थिए। अर्कोतर्फ, क्यान्भासले ज्ञान संस्कारलाई २२–१९ ले हराउँदै आफ्नो जित सुनिश्चित गर्यो, जहाँ रिसन गुरुङको ४ अंकको योगदान महत्त्वपूर्ण रह्यो।

जुनियर ब्वाइजमा भ्याली पब्लिकले स्किब्सलाई ३९–२६ र गोल्डेनपिकले हेराल्डलाई ४५–२३ ले पराजित गरे। भ्याली पब्लिकका आर्यन गुरुङले १३ अंक जोडे भने स्किब्सका सफल राईले १२ अंक जुटाए।
सिनियर गल्र्समा भ्याली पब्लिकले इडेन ब्रिज एकेडेमी (इबीए) लाई ३१–२७, केभीकेएसएसले जेबी स्कूललाई २३–१५, ग्रिनल्यान्डले तेजस्वीलाई ३९–२७ र फेरिल्यान्डले एन्जल्स हार्ट नेसनल स्कूललाई २२–१८ ले हराए। भ्याली पब्लिककी लोरिशा गौचनले ११, केभीकेएसएसकी पूजा लामाले ६, ग्रिनल्यान्डकी बिहानी राईले २१ र फेरिल्यान्डकी खुश्बु मगरले ६ अंक स्कोर गरे।





