केन्द्रीय तहको प्रमुख सुबेदार तथा ज्येष्ठ सुबेदार समन्वयात्मक बैठक २०८२ सम्पन्न



जङ्गी अड्डामा सञ्चालन भएको दुई दिने केन्द्रीय तहको प्रमुख सुबेदार तथा ज्येष्ठ सुबेदार समन्वयात्मक बैठक-२०८२ आज मिति २०८२ वैशाख ३१ गते प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देलको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ।

बैठकमा नेपाली सेनाका परम्परा, संस्कृति र रीतिरिवाजका जानकार तथा अति महत्त्वपूर्ण नियुक्तिका रूपमा रहेका प्रमुख सुबेदार तथा ज्येष्ठ सुबेदारहरूले वर्तमान नीतिगत व्यवस्था, संस्थागत प्रयासहरूको कार्यान्वयन क्रममा देखिएका व्यवहारिक पक्षहरू तथा सुधार आवश्यकताबारे विस्तृत रूपमा छलफल गरेका थिए।

बैठकको उद्घाटन मिति २०८२ वैशाख ३० गते बलाध्यक्ष रथी श्री प्रदीप जङ्ग के.सी.ले गर्नुभएको थियो। समापन कार्यक्रममा रथीवृन्द, अधिकृतगण तथा सहभागी ९० जना प्रमुख सुबेदार र ज्येष्ठ सुबेदारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्