
मिति २०८१/१२/२९ गते अन्दाजी १७:४५ बजे काठमाडौं महानगरपालिका–२८ स्थित एक गेस्ट हाउसको कोठामा जिल्ला नुवाकोट, सूर्यगढी गाउँपालिका–१ स्थायी ठेगाना भई हाल काठमाडौं तारकेश्वर नगरपालिका–२ काभ्रेस्थली बसोबास गर्ने २८ वर्षीया बिमला तामाङ मृत अवस्थामा फेला परेकी थिइन्। घटनापछि हत्या आरोपमा फरार रहेका जिल्ला धादिङ, गल्छी गाउँपालिका स्थायी घर भई हाल काभ्रेस्थलीमा बस्ने अन्दाजी ४० वर्षीय राम चन्द्र पन्त भारतमा लुकीछिपी रहेको सूचनाको आधारमा नेपाल फर्किँदै गरेको अवस्थामा मिति २०८२/०१/३० गते अन्दाजी १५:४० बजे काठमाडौंको नागढुङ्गाबाट प्रहरी टोलीले पक्राउ गरी हाल थप अनुसन्धान कार्य जारी रहेको छ।






