
मिति: २०८२।०१।३०
काठमाडौं ।
नागरिक पेन्सन योजना सञ्चालन सम्बन्धमा नागरिक लगानी कोष र गोदावरी नगरपालिकाबीच सम्झौता भएको छ । यस योजनाअन्तर्गत नगरपालिकाका शिक्षक तथा कर्मचारीको मासिक तलबबाट ५०० रुपैयाँ र शिक्षक–कर्मचारी कल्याणकारी कोषबाट थप ५०० रुपैयाँ गरी मासिक १,००० रुपैयाँ नागरिक पेन्सन योजनामा जम्मा गरिने व्यवस्था गरिएको छ ।

सम्झौतामा गोदावरी नगरपालिकाको तर्फबाट नगर प्रमुख बिरेन्द्र भट्ट र नागरिक लगानी कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले हस्ताक्षर गर्नु भएको छ ।
उक्त योजनामा सहभागी शिक्षक तथा कर्मचारीको तर्फबाट र पालिकाको तर्फबाट जम्मा भएको रकमको आधारमा एकमुष्ठ रकम वा ६० वर्ष पुगेपछि पेन्सन प्रदान गरिने सम्झौतामा उल्लेख छ ।





