लागु औषध कारोबारमा संलग्न एक जना पक्राउ



मिति २०८२।०१।२६ गते अपराह्न १२:०० बजे, काठमाडौं जिल्ला अन्तर्गत काठमाडौं महानगरपालिका–१३, बाफल क्षेत्रमा लागु औषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले सडक किनारमा रोकी राखिएको बा ९७ प ५९४२ नम्बरको स्कुटरमा बसिरहेका एक युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्ने व्यक्ति जिल्ला सिन्धुपाल्चोक, बाह्रबिसे नगरपालिका–६ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–१२, टेकुमा बसोबास गर्दै आएका १९ वर्षीय सुजन श्रेष्ठ रहेका छन्। प्रहरी टोलीले उनलाई लागु औषधसहित नियन्त्रणमा लिई सम्मानित काठमाडौं जिल्ला अदालतबाट ५ (पाँच) दिनको म्याद थप अनुमति प्राप्त गरी अनुसन्धान जारी राखेको छ।

बरामद सामग्रीहरूः

  1. नाइट्राजेपाम ट्याबलेट – १,००० (एक हजार) वटा
  2. ट्रामाडोल क्याप्सुल – ८८ (अठासी) वटा
  3. स्कुटर (बा ९७ प ५९४२ नम्बर) – १ थान
  4. नगद रकम – रु. १६,०००।– (सोह्र हजार रुपैयाँ)
  5. मोबाइल फोन – २ थान
प्रतिक्रिया दिनुहोस्