
२०७८ साल चैत्र १५ गते काठमाडौं महानगरपालिका–३२, तीनकुनेस्थित खुला चौरमा “राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल” द्वारा आयोजना गरिएको प्रदर्शनको क्रममा भएको आगजनी तथा तोडफोड घटनामा संलग्न रहेको अभियोगमा थप एक जना पक्राउ परेका छन्।
पक्राउ परेका व्यक्ति मोरङ, विराटनगर महानगरपालिका–३ का ४७ वर्षीय अनिल बस्नेत (अनिल बाबा) हुन्, जो शिव सेना नेपालका अध्यक्ष समेत हुन्। उनलाई नियन्त्रणमा लिएर काठमाडौं जिल्ला अदालतबाट दुई दिनको म्याद थप अनुमतिसहित अनुसन्धान अघि बढाइएको छ।






