
सिड्नीको ग्रानभिलमा एभरेष्ट मार्सल आर्ट्स एकेडेमी सञ्चालनमा
अस्ट्रेलियाको सिड्नीस्थित ग्रानभिल क्षेत्रमा एभरेष्ट मार्सल आर्ट्स एकेडेमी स्थापना गरिएको छ। एकेडेमी अस्ट्रेलियामा बसोबास गरिरहेका पूर्व कराते खेलाडीहरूको पहलमा सञ्चालनमा आएको हो।
एकेडेमीको अध्यक्षमा मुकुन्द्र महर्जन चयन भएका छन्। उनी दक्षिण एसियाली खेलकुद (साग) का कांस्य पदक विजेता तथा पाँचौं, छैटौं र सातौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितेका खेलाडी हुन्। उनले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा पनि सफलता हासिल गरेका छन्।
एकेडेमीको अन्य पदाधिकारीहरूमा उपाध्यक्ष लक्ष्मी भट्ट, सचिव तथा पब्लिक अफिसरमा रोजन कार्की, सदस्यता संयोजक मल्लिका थापा क्षेत्री, कोषाध्यक्ष सोम लामा, कार्यक्रम निर्देशक मनीष थापा क्षेत्री, पिआर अफिसर राजकुमार रसाइली, प्रतियोगिता संयोजक नवीन महर्जन तथा सदस्यमा प्रिन्स महर्जन रहेका छन्।





