भ्रष्टाचार प्रकरणमा सव-इन्जिनियर कुमार पौड्यालमाथि आरोपपत्र दायर



प्रेस विज्ञप्ति
मिति: २०८२/१/२८

काठमाडौँ उपत्यका विकास प्राधिकरण अन्तर्गत दिव्येश्वरी जग्गा एकीकरण आयोजनामा कार्यरत सव-इन्जिनियर कुमार पौड्यालविरुद्ध रु. ३,६३,२१,२०७।५० (अक्षरेपी तीन करोड त्रिसठ्ठी लाख एकाइस हजार दुई सय सात रुपैयाँ पचास पैसा मात्र) बराबरको गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको छ।

पदीय मर्यादाविपरीत कार्य गरी प्राप्त आय र खर्चको विवरण विश्लेषण गर्दा वैध आयभन्दा उल्लेखनीय मात्रामा बढी सम्पत्ति आर्जन भएको पुष्टि भएको हो। साथै, उक्त सम्पत्ति पौड्यालले आफ्नी श्रीमती विष्णु मैया पौड्यालको नाममा राखेको पाइएकाले उनीविरुद्ध समेत सम्पत्ति जफत गर्न विशेष अदालतमा मागदाबीसहितको मुद्दा दायर गरिएको छ।

राजेन्द्र कुमार पौडेल
प्रवक्ता

प्रतिक्रिया दिनुहोस्