PUBG Mobile Asian Showdown: पहिलो पटक नेपालमा आयोजना



काठमाडौं, वैशाख २५ – नेपालको इतिहासमै पहिलो पटक PUBG Mobile Asian Showdown आयोजना हुँदैछ। उक्त प्रतियोगिता काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरिनेछ।

प्रतियोगितामा सहभागी हुने ५ देशका ८ टोली मध्ये, नेपालको ओजी इनफिनिटी टोलीले यो अवसर पाएको छ। ८ टोलीमध्ये ५ टोली पूर्वनिर्धारित छनोटबाट आएका हुन् भने बाँकी ३ टोली नेपाल, भारत र बंगलादेशबाट छनोट गरिएका हुन्। नेपालबाट ४४ टोलीले छनोट चरणमा प्रतिस्पर्धा गरेका थिए।

प्रतियोगितामा नेपालका ३ खेलाडी सहभागी हुनेछन्। कुल १० खेल हुनेछन् भने फाइनल चरणमा उत्कृष्ट ४ टोलीले प्रतिस्पर्धा गर्नेछन्।

Asian Showdown आगामी वैशाख २८ गते (May 11) आयोजना हुँदैछ। यस प्रतियोगिताले नेपालमा इ-स्पोर्ट्सको विकासमा ठुलो टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्