
काठमाडौंको तीनकुने क्षेत्रमा आयोजित प्रदर्शनका क्रममा राष्ट्रिय मानव अधिकार आयोगका पर्यवेक्षकमाथि आक्रमण र दुर्व्यवहार गर्ने, साथै सरकारी गाडीमा आगजनी र तोडफोडमा संलग्न एक जना पक्राउ परेका छन्।
मिति २०८१ साल चैत्र १५ गते काठमाडौं महानगरपालिका वडा नं. ३२ स्थित तीनकुनेको खुला चौरमा “राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल” द्वारा आयोजना गरिएको प्रदर्शनका क्रममा यस्तो घटना भएको हो।
जिल्ला गुल्मी, रुरुक्षेत्र गाउँपालिका वडा नं. ६ स्थायी घर भई हाल काठमाडौं तारकेश्वर नगरपालिका वडा नं. १० मनमैजु बस्ने ३९ वर्षीय मन बहादुर कालामगरलाई प्रहरी नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।






