४० लाख ३२ हजार ५ सय रुपैयाँसहित दुई जना हुन्डी कारोबारी पक्राउ



मिति २०८२/०१/२३ गते, साँझ १८:१५ बजे, विशेष सूचनाका आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौंबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका–२४ स्थित विशाल बजार कम्पनी लिमिटेडको भुइँ तलामा खानतलासी गर्दा ४० लाख ३२ हजार ५ सय रुपैयाँ नगदसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिहरू हुन्डी कारोबारमा संलग्न रहेको आशंकामा उनीहरूलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको छ।

पक्राउ परेका व्यक्ति: १. सुरज दत्त, उमेर ६७ वर्ष, स्थायी ठेगाना – 6/D North Road, यादवपुर, कलकत्ता, भारत। हाल बसोबास – काठमाडौं महानगरपालिका–२३, ओमबहाल।
२. धर्म प्रसाद ढकाल, उमेर ६३ वर्ष, स्थायी ठेगाना – देवदह नगरपालिका, रुपन्देही। हाल बसोबास – चन्द्रागिरी नगरपालिका–१५, तिनथाना।

बरामद सामग्रीहरू: १. १००० दरका ४,०२० थान नोट – नगद रु. ४०,२०,०००।–
२. ५०० दरका २५ थान नोट – नगद रु. १२,५००।–
३. Samsung A55 मोबाइल फोन – १ थान
४. Samsung A50 मोबाइल फोन – १ थान
५. हस्ताक्षर मात्र गरिएको विभिन्न सहकारी संस्थाका खाली चेक – २ थान
६. विभिन्न सहकारी संस्थाका चेक – १९ थान
७. विभिन्न सहकारी संस्थाका पासबुक – ११ थान

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्