
मिति २०८२।०१।२० गते काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका–५, नक्सालस्थित भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्टल स्टोरको ग्रोसरी डिपार्टमेन्ट (भुइँतलामा) बाट रु. २,१७,९६६ (अक्षरेपी: दुई लाख सत्र हजार नौ सय छैसट्ठी) बराबरको सामान चोरी गरी फरार भएका जिल्ला दोलखा, बैतेश्वर गाउँपालिका–२ निवासी तथा हाल भक्तपुर, ठिमी बसोबास गर्दै आएका ३७ वर्षीय विमल श्रेष्ठलाई मिति २०८२।०१।२१ गते भक्तपुर, ठिमीबाट नियन्त्रणमा लिइएको छ।उक्त व्यक्तिविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ५ (पाँच) दिनको म्याद थप अनुमति प्राप्त गरि आवश्यक अनुसन्धान कार्य जारी छ।बरामद चोरी भएका सामानको विवरणः१. ब्लु लेबल (१ थान) — रु. ३०,२६४२. ग्लेण्डफिडिच (१ थान) — रु. १६,१९६३. ओल्ड दरबार (१ थान) — रु. ४,७५५४. सुर्य चुरोट (३० थान) — रु. १०,२००५. बदाम (१५ के.जि.) — रु. २८,७२५६. पिस्ता (८०० ग्रामका १२ थान) — रु. २३,१९६७. काजु (९०० ग्रामका १० थान) — रु. २०,२३०८. स्याफ्रान (२५ थान) — रु. १३,७००९. फिस वेल (६ थान) — रु. १९,५००





