
सम्मानित काठमाडौं जिल्ला अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका काठमाडौं महानगरपालिका–३०, बस्ने ४७ वर्षीय अमित अग्रवाललाई खोजतलासको क्रममा २०८२ साल बैशाख २३ गते काठमाडौंको स्वयम्भू क्षेत्रबाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि अदालतमा पेश गरिएको छ।
तपसिलः
१. मिति २०८०/०२/२२ – बैङ्किङ कसुर मुद्दामा ३० दिन कैद र रु. १,५०,००,०००।– (एक करोड पचास लाख रुपैयाँ) जरिबाना।
२. मिति २०८०/०३/२१ – चेक अनादर सम्बन्धी मुद्दामा रु. ३,०००।– (तीन हजार रुपैयाँ) जरिबाना।
३. मिति २०८०/११/२४ – चेक अनादर मुद्दामा क्रमशः रु. २,०००।– र रु. २,०००।– गरि जम्मा रु. ४,०००।– (चार हजार रुपैयाँ) जरिबाना।
अग्रवाललाई अदालतको फैसला कार्यान्वयन सुनिश्चित गर्न आवश्यक प्रक्रिया अनुसार अदालतमा बुझाइएको हो।





