आर्मी र गण्डकी पुरुष हक्कीको फाइनलमा



च्यासल मैदान, ललितपुर

राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको फाइनलमा नेपाल आर्मी र गण्डकी प्रदेश पुगेका छन्।

पहिलो सेमिफाइनलमा आर्मीले नवप्रवेशी एपीएफ क्लबलाई ६–० ले पराजित गर्‍यो।

कासीराज राईले ह्याट्रिक गरे

राजेन्द्र कार्कीले २ गोल

प्रदीप राजवंशीले १ गोल

देवसिंह धामी ‘प्लेयर अफ द म्याच’ घोषित भए

दोस्रो सेमिफाइनलमा गण्डकीले नेपाल प्रहरीलाई पेनाल्टी सुटआउटमा २–१ ले हरायो।

जोसन राई ‘प्लेयर अफ द म्याच’

सुटआउटमा संगम घर्ती मगर र अशिम बहिकले गोल गरे

प्रहरीका अधिकांश खेलाडीले गोल गर्न नसके

फाइनल खेल:

मिति: २०८२ बैशाख २४ (बुधबार)

समय: अपरान्ह १:०० बजे

स्थान: च्यासल मैदान, ललितपुर

प्रतिक्रिया दिनुहोस्