
काठमाडौं, बैशाख २३ — भुटानको थिम्पुमा हुने प्रथम दक्षिण एसियाली युथ जुडो डेभलपमेन्ट प्रतियोगिता तथा क्याम्पमा सहभागी हुन ११ सदस्यीय नेपाली टोली मंगलबार प्रस्थान गरेको छ।
मे ७ देखि १२ सम्म चल्ने प्रतियोगितामा बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्र (MMAC)का ६ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् — जसमा ४ पुरुष र २ महिला खेलाडी छन्।
पुरुषतर्फ:
४० केजीमुनि: विसाज महर्जन र सदिन तामाङ
५० केजीमुनि: जुविन महर्जन
३६ केजीमुनि: साइमन तामाङ
महिलातर्फ:
५७ केजीमुनि: श्रष्टा नापित
३६ केजीमुनि: जेनिशा वाइबा
टोलीमा प्रशिक्षक योगेन्द्र विष्ट, अफिसियल नवीन महर्जन, आईटी अफिसियल लखनराज थापा मगर र कुलबहादुर कुँवर, तथा निर्णायक किरण गडेल रहेका छन्।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्य र नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्य लगायतले मंगलबार बिदाइ गरे। उपाध्यक्ष आचार्यले खेलाडीलाई उत्कृष्ट प्रदर्शन गरी राष्ट्रलाई पदक दिलाउन शुभकामना दिए।
MMAC प्रमुख प्रशिक्षक धर्मकुमार श्रेष्ठका अनुसार प्रतियोगितामा नेपालसहित भारत, भुटान र बंगलादेशका ८ टिमको सहभागिता रहनेछ।





