
काठमाडौं, वैशाख २३
नेपाली सेनाका प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलले पदोन्नति भएका उच्च सैन्य अधिकारीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।
वैशाख १७ गतेकाे मितिबाट उपरथीमा पदोन्नति भएका सहायक रथी मानबहादुर महरालाई आज जंगी अड्डामा आयोजित कार्यक्रममार्फत प्रधान सेनापतिले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्। उपरथी महरा हाल संयुक्त राष्ट्रसंघको लेबनानस्थित UNIFIL मिसनमा डेपुटी फोर्स कमाण्डरको रूपमा कार्यरत छन्।

त्यस अवसरमा सहायक रथी पदमा पदोन्नति भएका महासेनानी मनोज थापा र अर्जुन बस्नेतलाई पनि दर्ज्यानी चिन्ह प्रदान गरियो। साथै, प्रमुख सेनानी ब्रजेश महर्जनलाई महासेनानी दर्जाको चिन्ह प्रदान गरिएको थियो।
कार्यक्रममा बलाध्यक्ष, रथीवृन्द, अधिकृतगण, तथा पदोन्नति प्राप्त अधिकृतहरूको परिवारजन समेतको उपस्थिति थियो।






