
काठमाडौं, वैशाख २३
पहिलो पटक आयोजना हुन लागेको दक्षिण एसियाली युथ जुडो डेभलपमेन्ट प्रतियोगिता तथा प्रशिक्षण क्याम्पमा सहभागी हुन ११ सदस्यीय नेपाली जुडो टोली मंगलबार भुटानको थिम्पु प्रस्थान गरेको छ। प्रतियोगिता आगामी मे ७ देखि १२ तारिखसम्म सञ्चालन हुनेछ।
**बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्र (एमएमएसी)**बाट ४ पुरुष र २ महिला गरी ६ खेलाडीले नेपाल प्रतिनिधित्व गर्दैछन्।
सहभागी खेलाडीहरू
पुरुषतर्फ:
- विसाज महर्जन – ४० केजी मुनि
- सदिन तामाङ – ४० केजी मुनि
- जुविन महर्जन – ५० केजी मुनि
- साइमन तामाङ – ३६ केजी मुनि
महिलातर्फ:
- श्रष्टा नापित – ५७ केजी मुनि
- जेनिशा वाइबा – ३६ केजी मुनि
प्राविधिक टोली
- प्रशिक्षक: योगेन्द्र विष्ट
- अफिसियल: नवीन महर्जन
- आईटी अफिसियल: लखनराज थापा मगर, कुलबहादुर कुँवर
- निर्णायक: किरण गडेल
टोलीलाई **राष्ट्रिय खेलकुद परिषद् (राखेप)**का उपाध्यक्ष ध्रुव आचार्य तथा नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यलगायतले विशेष कार्यक्रमबीच बिदाइ गरे। बिदाइ कार्यक्रममा उपाध्यक्ष आचार्यले खेलाडीलाई उच्च मनोबलका साथ प्रतिस्पर्धा गरी राष्ट्रलाई पदक दिलाउने आशा व्यक्त गर्दै शुभकामना दिएका थिए।
एमएमएसीका प्रमुख प्रशिक्षक धर्मकुमार श्रेष्ठका अनुसार प्रतियोगितामा नेपाल, भारत, भुटान र बंगलादेशका गरी ८ टोलीको सहभागिता रहनेछ।





