प्रथम लायन्स कप भलिबलको उपाधि इरानलाई, पुलिस दोस्रो, आर्मी तेस्रो



पोखरा, वैशाख २२

पोखरामा सम्पन्न प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा इरानी टोलीले उपाधि जितेको छ। लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको फाइनलमा नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा पराजित गर्दै इरानी टोलीले उपाधि आफ्नो नाममा लेखाएको हो।

इरानले पहिलो सेट २५–१८ मा जिते पनि दोस्रो सेट २४–२६ ले गुमायो। तर तेस्रो सेट २५–१८ र चौथो सेट २५–१७ मा पुनः जित निकाल्दै उपाधि उचाल्न सफल भयो। उपाधिसँगै इरानी टोलीले रु ४ लाख ४४ हजार ४४४ नगद पुरस्कार प्राप्त गर्‍यो। उपविजेता पुलिस क्लबले रु २ लाख ४४ हजार ४४४ मा चित्त बुझायो।

तेस्रो स्थानका लागि भएको खेलमा त्रिभुवन आर्मी क्लबले एपीएफलाई ३–१ को सेटमा हराउँदै तेस्रो स्थान हासिल गर्‍यो। आर्मीले पहिलो दुई सेट २९–२७ र २५–२१ ले जिते पनि तेस्रो सेट २२–२५ ले गुमायो। चौथो सेटमा २५–२३ को जित निकाल्दै आर्मीले रु १ लाख ४४ हजार ४४४ नगद पुरस्कार जित्यो।

उत्कृष्ट खेलाडी र पुरस्कार

  • सर्वोत्कृष्ट खेलाडीआमिर हुसेन (इरान): रु १४,४४४ र ट्रफी
  • उत्कृष्ट सर्भरअफ्सिन फतेह (इरान)
  • उत्कृष्ट ब्लकरइरफान नरोइजु (इरान)
  • उत्कृष्ट डिफेन्डरदीपक थापा
  • उत्कृष्ट सेटरबलराम गुरुङ (पुलिस)
  • उत्कृष्ट स्पाइकरधनबहादुर भट्ट (आर्मी)
  • उत्कृष्ट प्रशिक्षकसुरेन्द्र केसी (इरान)

उपरोक्त सबै विधामा विजेताहरूले रु ८,४४४ नगद र ट्रफी प्राप्त गरे।

सहभागी टोलीहरू

प्रतियोगितामा छ टोली सहभागी थिए:

  • इरान
  • भारत
  • गण्डकी प्रदेश
  • त्रिभुवन आर्मी क्लब
  • नेपाल पुलिस क्लब
  • सशस्त्र प्रहरी बल (एपीएफ)
प्रतिक्रिया दिनुहोस्