तीनकुने आगजनी र तोडफोड घटनामा संलग्न एक जना थप पक्राउ



काठमाडौं, चैत्र १५

राजधानीको तीनकुनेस्थित खुला चौरमा “राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल”द्वारा आयोजित प्रदर्शनका क्रममा भएको आगजनी र तोडफोड घटनाको अनुसन्धानका क्रममा एक जना व्यक्ति थप पक्राउ परेका छन्।

प्रहरीका अनुसार राजसंस्था पुनःस्थापनाको माग गर्दै क्रियाशील संयुक्त जनआन्दोलन समितिका सल्लाहकार खेमराज सेढाईलाई नियन्त्रणमा लिइएको हो। सेढाई जिल्ला नुवाकोट, लिखु गाउँपालिका–३ स्थायी निवासी हुन् भने हाल काठमाडौं महानगरपालिका–७ मा बसोबास गर्दै आएका छन्। उनकी उमेर ७२ वर्ष छ।

उक्त घटनामा संलग्नताको आशंकामा उनलाई नियन्त्रणमा लिइएको र हाल थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्