रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम बर्दिवासमा सुरु



बर्दिवास, वैशाख २२

मध्य पूर्वी पृतना मुख्यालय, बर्दिवासमा आयोजित रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम (Defence Correspondent Orientation Programme – DCOP) आजदेखि सुरु भएको छ।

कार्यक्रममा मध्य पूर्वी पृतनाको कार्यक्षेत्र अन्तर्गतका विभिन्न जिल्लाहरूका २७ जना सञ्चारकर्मीहरू सहभागी छन्, जो विविध सञ्चार माध्यमहरूसँग आबद्ध छन्।

कार्यक्रमको उद्घाटन गर्दै पृतनापति उपरथी कृष्ण बहादुर जि.सी.ले सहभागी पत्रकारहरूलाई स्वागत गर्दै सफल कार्यशालाको शुभकामना व्यक्त गरे।

पाँच दिनसम्म सञ्चालन हुने यो कार्यक्रममा नेपाली सेनाको संगठनात्मक ढाँचा, जिम्मेवारी, भूमिका तथा मुख्य गतिविधिहरूबारे जानकारीमूलक प्रस्तुतीकरण र अन्तरक्रिया सत्रहरू आयोजना गरिने छन्।

प्रतिक्रिया दिनुहोस्