हिमालयन जाभा बास्केटबल लिग: टाइम्सको रोमाञ्चक जित, गोल्डेनगेट पराजित



काठमाडौं, वैशाख २१

हिमालयन जाभा बास्केटबल लिग (HJBL) अन्तर्गत आइतबार कीर्तिपुर कभर्डहलमा सम्पन्न एक मात्र खेलमा टाइम्स बास्केटबल क्लबले गोल्डेनगेट बास्केटबल क्लबलाई ७६–७१ को रोमाञ्चक अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ।

खेलको पहिलो क्वाटरमा टाइम्सले २१–११ को अग्रता बनाएको थियो। तर, दोस्रो क्वाटरमा गोल्डेनगेटले २४–१३ को प्रदर्शन गर्दै हाफ टाइमसम्म ३५–३४ को अग्रता लिएको थियो।

तेस्रो क्वाटरमा दुवै टोलीले समान १६–१६ अंक स्कोर गरेपछि गोल्डेनगेट अझै अगाडि रह्यो। तर चौथो क्वाटरमा टाइम्सले उत्कृष्ट पुनरागमन गर्दै २६–२० अंक जोड्दै खेल आफ्नो पक्षमा पारेको हो।

टाइम्सको जितमा निर्णायक भूमिका खेलेका सदिश प्रधान खेलको एमभीपी (सबैभन्दा उत्कृष्ट खेलाडी) घोषित भए।

प्रतिक्रिया दिनुहोस्