
काठमाडौं, वैशाख २१
काठमाडौं महानगरपालिका–९ पिङ्गलास्थानस्थित पशुपति भिजन अगाडिको सडकमा शंकास्पद अवस्थामा दुईवटा मोटरसाइकलमा सवार चार जनालाई प्रहरीले रु. ९५,१७,५०० नगद रकमसहित नियन्त्रणमा लिएको छ।
मिति २०८२ वैशाख २१ गते अपराह्न ४ बजे उनीहरूलाई रोकी चेकजाँच गर्दा साथमा बोकेको झोलाबाट स्रोत नखुलेको उक्त ठूलो रकम फेला परेको हो। रकमसहित चारै जनालाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरूको विवरणः
१. काठमाडौं, तार्केश्वर नगरपालिका–३ फेदी निवासी २९ वर्षीय समुन्द्र जमकट्टेल
२. सप्तरी, सप्तकोशी नगरपालिका–१ निवासी ४३ वर्षीय गणेश राई
३. लमजुङ, दोदी गाउँपालिका–३ निवासी ३१ वर्षीय सन्तोष गुरुङ
४. स्थायी ठेगाना नखुलेका ३९ वर्षीय सन्तोष घिमिरे
प्रहरीका अनुसार पक्राउ परेकाहरूले उक्त नगद रकमको वैध स्रोत खुलाउन नसकेपछि उनीहरूलाई आवश्यक अनुसन्धानका लागि प्रक्रिया अघि बढाइएको छ।





