‘ड्रेस टु इम्प्रेस सिजन ११’ मा रोजिना, साहिल, ललिता र करिश्मालाई उत्कृष्टको उपाधि



काठमाडौं, वैशाख २१

आईआईएफटी स्कूल अफ फेसन एण्ड इन्टेरियर डिजाइनद्वारा शनिबार काठमाडौंमा आयोजित ‘श्री रिद्धि सिद्धि ज्वेलर्स ड्रेस टु इम्प्रेस सिजन ११’ मा चारजना डिजाइनरले आ–आफ्ना पहिरनमार्फत विभिन्न विधामा उत्कृष्टता हासिल गरेका छन्।

प्रतियोगितामा फेसन डिजाइनरहरू रोजिना भण्डारी, साहिल जंग क्षेत्री, ललिता हासदा र करिश्मा बुचा मगर आ–आफ्ना विधामा विजेता घोषित भए।

  • रोजिनाले ‘भिन्टेज ग्ल्यामर’,
  • साहिलले ‘पप आर्ट एण्ड इलेक्ट्रिक एलिमेन्ट्स’,
  • ललिताले ‘ट आए एण्ड द आर्टिष्ट’,
  • करिश्माले ‘प्रिल सीकर्स’ विधामा उत्कृष्ट स्थान प्राप्त गरे।

त्यसैगरी, डिजाइनर समा राईले ‘आईआईएफटी लाइक्ड लिजेण्ड च्याम्पियन’, सरिता थापा मगरले ‘आईआईएफटी स्ट्रोम्स शर्ड च्याम्पियन’, र प्रजिना तुलाधरले ‘आईआईएफटी पब्लिक च्वाइस अवार्ड’ जित्न सफल भए।

प्रतियोगितामा निर्णायकको रूपमा फेसन डिजाइनर निभा श्रेष्ठ, रोपुमा मानन्धर, राजेश धाक्वा, निशा श्रेष्ठ, सञ्जिता बराल तथा द हिडेन ट्रेजरका निर्देशक रुपेश प्रधानको उपस्थिति थियो।

कार्यक्रमको आकर्षण स्वरूप मिस नेपाल वर्ल्ड आश्मा कुमारी केसी, मिस नेपाल अर्थ २०२४ सुमना केसी, तथा अभिनेत्री दिया मास्के शो स्टपर्सका रूपमा सहभागी भए।

आईआईएफटी नेपालका अध्यक्ष फुपू तेञ्जिङ शेर्पाका अनुसार, प्रतियोगितामा आईआईएफटी फेसन डिजाइन अध्ययनरत विद्यार्थीहरूले आफ्नै पहिरन डिजाइन, प्रस्तुति र मोडलिङ समेत आफ्नै रूपमा प्रस्तुत गरेका थिए।

विद्यार्थीहरूले चारवटा मुख्य थीममा आधारित पहिरन तयार पारेर आफ्नो सिर्जनात्मकता प्रस्तुत गरेका थिए।
आईआईएफटी स्कूल अफ फेसन एण्ड इन्टेरियर डिजाइन काठमाडौंको बागबजार प्लाजा, हेरिटेज प्लाजा, तथा ललितपुरको कुमारीपाटीमा सञ्चालित छ।

प्रतिक्रिया दिनुहोस्