
काठमाडौं, वैशाख २१
नेपाली युवा तेक्वान्दो खेलाडी अदिश खड्काले अस्ट्रेलियामा आयोजित २०२५ गोल्डकोस्ट ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन्।
अस्ट्रेलियाको गोल्डकोस्टस्थित करार स्टेडियममा सम्पन्न प्रतियोगितामा उनले १७ वर्षमुनिको पुरुष एकल पुम्से विधामा कुल ६.२३ अंकसहित स्वर्ण पदक हात पारे।
अदिशका लागि यो १० दिनभित्रकै दोस्रो अन्तर्राष्ट्रिय पदक हो। यसअघि उनले जापानको ओसाकामा अप्रिल २५–२७ मा सम्पन्न २१औं वाटा ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सोही विधामा रजत पदक जितेका थिए।
जापानबाटै अस्ट्रेलिया प्रस्थान गरेका अदिश हाल नामी इन्टरनेसनल कलेजमा कक्षा ११ मा अध्ययनरत छन्। उनी तेक्वान्दोमा तेस्रो डान हासिल गरेका प्रतिभावान खेलाडी हुन्।





