नेपाल भारोत्तोलन संघमा पाँच सदस्यीय सचिवालय गठन



काठमाडौं, वैशाख २०
नेपाल भारोत्तोलन संघ, तदर्थ समितिको शनिबार सम्पन्न पहिलो बैठकले पाँच सदस्यीय सचिवालय गठन गर्ने निर्णय गरेको छ।

यसअघि २०७८ साल चैत २९ गते राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड बैठकले युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा बसेको बैठकबाट कानन चौधरीको संयोजकत्वमा केन्द्रीय तदर्थ समिति गठन गर्ने निर्णय लिएको थियो।

२३ सदस्यीय तदर्थ समितिमा निम्न व्यक्तिहरू छन्:
सुरेन्द्र हमाल, पार्थ सारथी सेन गुप्त, तिलक राउत, विजेन्द्रविक्रम शाह, विपेन्द्र महर्जन, जगदीश प्रधान, अशोक शाही, रुद्र न्यौपाने, प्रदीप श्रेष्ठ, रामेश्वर श्रेष्ठ, अनिल मिश्र, निता थापा, अन्जु रानाभाट, मनोज कोइराला, सजिना पाठक, बैकुण्ठ श्रीवास्तव, राजन बद्गामी, कमल भण्डारी, गणेश चन्द, इश्वर श्रेष्ठ, कमल लामा र उद्धव खड्का।

समितिले आगामी ३ महिनाभित्र राखेपको स्वीकृतिमा साधारण सभा तथा निर्वाचन सम्पन्न गर्नुपर्ने जिम्मेवारी पाएको छ।

प्रतिक्रिया दिनुहोस्