अन्तर्राष्ट्रिय कराते पदक विजेता सन्तोष राई अमेरिकामा सम्मानित



न्युयोर्क, अमेरिका

हिराल्डो सोतोकान सोबुकान अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपका रजत पदक विजेता सन्तोष राईलाई अमेरिकाको न्यूयोर्कमा विशेष सम्मान प्रदान गरिएको छ।

च्याम्पियन मार्सल आर्ट्स क्लब युएसए र युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाको संयुक्त आयोजनामा भएको कार्यक्रममा सन्तोषलाई ४,४०० अमेरिकी डलरसहित सम्मानपत्र प्रदान गरियो। उनले फाइनलमा अमेरिकाका कर्नाडोसँग पराजित हुँदै रजत पदक जितेका थिए। यस च्याम्पियनसिपमा सिनियर एकल काता स्पर्धामा उनले प्रतिस्पर्धा गरेका थिए।

उनी गत वर्ष पनि इङ्ल्यान्ड कराते फेडेरेसन ओपन सिरिजमा रजत पदक जितेका थिए।

कार्यक्रममा च्याम्पियन मार्सल आर्ट्स क्लबका अध्यक्ष तथा एसियन प्यासिफिक स्वर्ण पदक विजेता सुनिल लामाले अध्यक्षता गरेका थिए। युनाइटेड किरात राई अर्गनाइजेसनका महासचिव मुक्ति राई र निवर्तमान न्यूयोर्क च्याप्टर अध्यक्ष ममता राईको सक्रियतामा कार्यक्रम सम्पन्न भएको हो।

सन्तोषलाई विभिन्न संस्था र व्यक्तिहरूद्वारा व्यक्तिगत रूपमा पनि पुरस्कार प्रदान गरिएको थियो, जसमा च्याम्पियन मार्सल आर्ट्स एकेडेमी र डियन्जङ पुनबाट १–१ हजार डलर, यायोख्खाबाट १,५०० डलर, र रुद्र राईबाट ९ सय डलर प्रदान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्