सरकारको नीति तथा कार्यक्रम स्वागतयोग्य छ: लोसपा नेता डा. सुरेन्द्र झा



काठमाडौं, २० वैशाख

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का महासचिव डा. सुरेन्द्र झाले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम–२०८२ सकारात्मक रहेको बताउँदै यसको स्वागत गरेका छन्।

शनिबार रिपोर्टर्स क्लब नेपालद्वारा आयोजित विशेष साक्षात्कार कार्यक्रममा उनले शिक्षा, स्वास्थ्य, रोजगारी र युवासँग सम्बन्धित क्षेत्रमा राम्रो योजना ल्याइएको दाबी गरे। “संघीयता कार्यान्वयन गर्न आवश्यक कानुन संसद्बाट छिटो पारित गरिने प्रतिवद्धता अत्यन्तै सकारात्मक छ”, उनले भने।

डा. झाले संक्रमणकालीन न्यायको निष्कर्ष, असंलग्न परराष्ट्र नीति र दीर्घकालीन योजनाको माध्यमबाट देश अघि बढाउने सरकारको प्रयास सराहनीय रहेको बताए। उनले बजेटमार्फत प्रादेशिक सरकारलाई थप मजबुत बनाइने स्पष्ट गरिएको उल्लेख गर्दै भने, “यो कार्यक्रम निजी क्षेत्रसँग पर्याप्त छलफलपछि ल्याइएको देखिन्छ, त्यसैले सबैले स्वागत गर्नु उपयुक्त हुन्छ।”

प्रतिक्रिया दिनुहोस्