आरभ–अभिलाषाको जोडी मिक्स डबल्स च्याम्पियन



काठमाडौं, वैशाख १९


आरभसम्राट हाडा र अभिलाषा विष्टको जोडीले ११औं सिटिजन्स बैंक टेनिस प्रतियोगिताको मिक्स डबल्स उपाधि हात पारेका छन्। सिटिजन्स बैंकको मुख्य प्रायोजन र काठमाडौं जिल्ला टेनिस संघको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा आरभ–अभिलाषाले सक्षमविक्रम शाह र नाला मास्केको जोडीलाई ६–४, ६–३ को सोझो सेटमा पराजित गरे।

भेट्रानतर्फ ३५ वर्षमाथिको पुरुष सिंगल्समा जितेन्द्र परियार च्याम्पियन बने। उनले सन्तोष खत्रीलाई २–६, ६–१, १०–५ ले हराए। त्यस्तै, ३५ वर्षमाथिको डबल्समा पनि जितेन्द्रले इमल दीक्षितसँग मिलेर खत्री–छेवाङ लामाको जोडीलाई ६–३, ६–४ ले पराजित गर्दै दोहोरो स्वर्ण जिते।

५५ वर्षमाथिको सिंगल्समा चन्द्र शाही, ४५ वर्षमाथिको सिंगल्समा कमलबहादुर भण्डारी, ६५ वर्षमाथिको डबल्समा मनोज राणा र धीर गुरुङ तथा ५५ वर्षमाथिको डबल्समा डेगेन्द्र श्रेष्ठ र चन्द्र शाही विजयी बने।

प्रतियोगिताको अन्तिम दिन शनिबार पुरुष सिंगल्समा निसान श्रेष्ठ र आरभसम्राट हाडा तथा महिला सिंगल्समा अभिलाषा विष्ट र स्वस्तिका विष्टबीच उपाधि भिडन्त हुनेछ।

प्रतिक्रिया दिनुहोस्