४५ ग्राम लागुऔषधसहित ३ जना पक्राउ



काठमाडौं, वैशाख १८


काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बसबाट ४५ ग्राम खैरो हेरोइनजस्तो देखिने लागुऔषधसहित तीन जना पक्राउ परेका छन्।

२०७८ वैशाख १८ गते दिउँसो १२:४५ बजे काठमाडौंको चन्द्रागिरी नगरपालिका–२, नागढुङ्गास्थित चेकप्वाइन्टमा प्रहरीले बा.प्र.०३–००१ ख ३३६२ नम्बरको यात्रुबाहक बसलाई चेकजाँच गर्ने क्रममा भारत, दार्जिलिङ नक्सालबाडी घर भएका ३८ वर्षीय कृष्ण रोय र २१ वर्षीय सायोन दासलाई उक्त लागुऔषधसहित नियन्त्रणमा लिएको हो।

प्रारम्भिक अनुसन्धानमा ती दुबै जनालाई लागुऔषध ल्याउन जिल्ला नुवाकोट, लिखु गाउँपालिका–६ का ३४ वर्षीय राजु लामाले निर्देशन दिएको खुलेपछि उनलाई पनि काठमाडौंको बालाजु बसपार्कबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनीहरूविरुद्ध काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिइएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Facebook post : Link : https://www.facebook.com/share/p/1BuE6CUMUx/ 

प्रतिक्रिया दिनुहोस्