
काठमाडौंका सुमन घले र सम्पदा सिवाकोटी तेस्रो बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिगमा क्रमशः पुरुष र महिला तर्फका उत्कृष्ट खेलाडी घोषित भएका छन्।
नेपाल तेक्वान्दो संघ, बागमती प्रदेश र बूढानीलकण्ठ नगरपालिकाको संयुक्त आयोजनामा सम्पन्न प्रतियोगितामा विभिन्न तौलसमूहमा पुरुष तथा महिला खेलाडीहरूबीच प्रतिस्पर्धा भएको थियो।
पुरुष तर्फ:
- ४६–५० केजी: करण ढोली
- ५०–५४ केजी: सुमन घले
- ५४–५८ केजी: अर्पण लामा
- ५८–६३ केजी: सुझपकुमार यादव
- ६३–६८ केजी: आशिष भुजेल
महिला तर्फ:
- ४०–४३ केजी: सम्पदा सिवाकोटी
- ४३–४६ केजी: सुप्रिमा बजगाईं
- ४६–४९ केजी: रोजिना लामा
- ४९–५३ केजी: प्रतिमा भुजेल
- ५३–५८ केजी: मनीषा तामाङ
गोल्फुटारमा सम्पन्न प्रतियोगितामा १० विधामा २१० जना खेलाडीहरूले सहभागिता जनाएका थिए।
विजेताहरुलाई एक विशेष कार्यक्रमका बीच बूढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारी, वडा नं. ८ का अध्यक्ष तथा खेलकुद संयोजक सुमन तामाङ, काठमाडौं जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकी, र नेपाल तेक्वान्दो संघ, बागमती प्रदेशका अध्यक्ष केशव पुरी लगायत अतिथिहरूले पुरस्कार वितरण गरेका थिए।
तेक्वान्दो प्रशिक्षक रन्जितबहादुर डंगौरका अनुसार प्रतियोगिता सफल रूपमा सम्पन्न भएको र यसले प्रदेशस्तरीय खेलाडीहरूलाई थप प्रोत्साहन दिने अपेक्षा गरिएको छ।





