कर्नाटक डजबल प्रतियोगिता : पहिलो अन्तर्राष्ट्रिय सहभागितामै नेपाललाई कास्य पदक



भारतको कर्नाटकमा सम्पन्न त्रिकोणीय डजबल प्रतियोगितामा नेपाली टोलीले पहिलो अन्तर्राष्ट्रिय सहभागितामै कास्य पदक जित्न सफल भएको छ।

अप्रिल २५ देखि २७ सम्म आयोजित उक्त प्रतियोगितामा नेपाल, भारत र मलेसिया बीच प्रतिस्पर्धा भएको थियो। प्रतियोगिताको क्रममा नेपालले भारतसँग ३–१ र मलेसियाको ‘राइनोज’ टोलीसँग ५–० को हार व्यहोरेको थियो।

नेपाल डजबल महासंघका अनुसार छोटो तयारी र सीमित अनुभवबीच हासिल गरिएको यो सफलताले नेपालमा डजबल खेलको भविष्य उज्यालो बनाउने विश्वास दिलाएको छ।

प्रतिक्रिया दिनुहोस्