
बुढानीलकण्ठ हातिगौंडा खेलकुद समितिको आयोजनामा हुने ‘बुढानीलकण्ठ फाइट नाइट’ को तयारी पूरा भएको छ। प्रतियोगिता यही वैशाख २० गते साँझ ५ बजे गोल्फुटारस्थित बास्केटबल ग्राउण्डमा आयोजना हुनेछ।
फाइट नाइटमा नेपाल, भारत र थाइल्याण्डका प्रोफेशनल युवा खेलाडीहरू प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको मुख्य इभेन्टमा नेपालका मिलन तामाङ र थाइल्याण्डका असादा भिड्नेछन्। अन्य ६ खेलमा नेपाल र भारतका खेलाडीबीच तथा २ खेलमा नेपाली खेलाडीहरू आपसमा प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगिता पश्चात उत्कृष्ट खेलाडी तथा सबै सहभागीलाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिने आयोजक समितिले जानकारी दिएको छ।





