नेसपाको श्रमिक दिवस कार्यक्रम भोटाहिटीमा, अध्यक्ष भट्टराईको विशेष सम्बोधन हुने



काठमाडौं ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल समाजवादी पार्टी (नेसपा–नयाँ शक्ति) ले भोटाहिटी चोकमा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ। पार्टीका अनुसार कार्यक्रम आज बिहान ११ बजे सुरु हुनेछ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष डा. बाबुराम भट्टराईले विशेष सम्बोधन गर्नेछन्। पार्टीको केन्द्रीय प्रचार विभागले पत्रकार मित्रहरूलाई समाचार संकलनका लागि कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ।

यस अवसरमा पार्टीले श्रमिक अधिकार, सामाजिक न्याय र समतामूलक समाज निर्माणका विषयमा आफ्नो धारणा सार्वजनिक गर्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्