
काठमाडौं । आज (२०८२ बैशाख १० गते) बसेको बुढानीलकण्ठ नगरपालिकाको नगर कार्यपालिका बैठकले नगरपालिकाभित्र संचालित सामुदायिक विद्यालय संचालनमा बोल्ड निर्णय गरेको छ ।
नगरपालिकाले विद्यालयहरुलाई बैशाख ११ गतेदेखि नियमित कक्षा संचालनको प्रवन्ध गर्न निर्देशन दिएको हो ।
नगरपालिकाले तयार गरेको शैक्षिक कार्यपात्रो कार्यन्वयन गर्नका लागि बैशाख ४ गतेबाट कक्षा संचालन गर्ने योजना रहेकोमा शिक्षक आन्दोलनका कारण ढिलाई भएकोले पठन पाठन सुचारु गर्न निर्देशन दिदै नगरपालिकाले विद्यार्थीको शिक्षा प्राप्त गर्ने संबैधानिक अधिकारलाई सम्मान गर्नका लागि समेत आग्रह गरेको छ ।
बुढानीलकण्ठ नगरपालिकाद्वारा जारी सूचना :






