
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाउने निर्णयलाई ‘कायरताभित्रको दम्भ’ भनेर निन्दा गरेको छ ।
कुलमानलाई हटाउने सरकारको अभिष्ट पूरा गरिसकेको भन्दै उनीहरुले अब डेडिकेटेड र ट्रंकलाइनबाफतको बक्यौता उद्योगहरुबाट उठाउन माग गरे । त्यसका लागि सार्वजनिक लेखा समितिलाई निर्णय गर्न उनीहरुले सुझाव दिए ।
सार्वजनिक लेखा समितिको आजको बैठकमा बोल्दै रास्वपा सांसद मनिष झाले बक्यौता सम्बन्धी विषय राजनीति र सत्ताको आडमा लेखा समितिमा पेण्डिङमा भएको भन्दै समितिको औपचारिक निर्णय माग गरे ।