मृतक खेलाडीका आफन्तले दायर मुद्धामा सर्वोच्च अदालतद्धारा अग्राधिकार सहित कारण देखाउ आदेश



काठमाडौं । एन्फाद्धारा मकवानपुरको सिस्नेरीमा सन्चालित एन्फा एकेडेमीमा रहेका ६ जना वाल फुटबल खेलाडीहरुको मृत्यु प्राकृतिक प्रकोपको कारण मात्र नभई एन्फा र वत्सला माध्यामिक विद्यालय व्यवस्थापनको गम्भिर लापरवाहीका कारण हुन गएकोले हामी मृतकका हकवालाहरुले उच्चस्तरीय छानवीन सहितका माग राखी एन्फा, राखेप, युवा तथा खेलकुद मन्त्रालयमा निवेदन गर्दै आएको जानकारी गराउन चाहन्छौ ।

अनेकौ प्रयत्नका वावजुत सम्बन्धित निकायले हाम्रो मागको सुनुवाई नभएकोले वाध्य भई हामी मृतकका हकवालाहरुले सम्मानीत सर्वोच्च अदालतमा हालसम्मको क्षतिपूर्ति रकम, विमा रकम, जांचवुझ आयोग ऐन २०२६ वमोजिम घटनाको सत्य तथ्य छानवीन गरि दोषि माथी कारवाही, फिफा लगायतसंग गरेको सम्झौता वमोजिम विमा रकम, क्षतिपूर्ति रकम उपलव्ध गराउन मागदावी सहित एन्फा, राखेप, युवा तथा खेलकुद मन्त्रालय, वत्सला देवी माध्यामिक विद्यालय, जि.प्रका हेटौडा, गृह मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई विपक्षी वनाई दायर गरेको मुद्धामा माननीय न्यायधिश श्री अव्दुल अजिज मुसलमानको एकल ईजलासले अग्राधिकार सहित कारण देखाउ आदेश जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्