१२.३८ अंकले घट्यो नेप्से परिसूचक



काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से १२.३८ अंक घटेको छ । सो गिरावटपछि नेप्से २६६९ अंकमा कायम भयो ।

बजारको परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ५ अर्ब १४ करोडको कारोबार भएकोमा आज ४ अर्ब ५६ करोडको भयो ।

यस दिन कारोबार भएकामध्ये २५ प्रतिशत कम्पनीको सेयर मूल्य बढेको छ । ६२ कम्पनीको मूल्य बढ्दा १७५ को घट्यो भने ७ को स्थिर रह्यो । व्यापार सेक्टर मात्रै बढेको छ । सो सेक्टर ०.२६ प्रतिशत बढ्यो ।

फाइनान्स सेक्टर सबैभन्दा धेरै १.२६ प्रतिशत घट्यो । बैंकिङ ०.४८, विकास बैंक ०.१८, होटल तथा पर्यटन ०.४८, हाइड्रोपावर ०.६९, लगानी ०.२२, जीवन बीमा ०.०४, उत्पादन ०.७०, माइक्रोफाइनान्स ०.६६, निर्जीवन बीमा ०.८९ तथा अन्य ०.५९ प्रतिशत घटे ।

दोल्ती पावरको मूल्य सबैभन्दा धेरै ७.५ प्रतिशत बढ्यो । त्यस्तै एसियन हाइड्रोपावरको ५.४, सिन्धु विकास बैंकको ४.९, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको ४.४ तथा स्वेतगंगा हाइड्रोपावरको ४.२ प्रतिशत बढ्यो ।

प्रतिक्रिया दिनुहोस्