१७.२८ अंकले बढ्यो नेप्से परिसूचक



काठमाडौं । अघिल्ला सात कारोबार दिनसम्म लगातार झरेको सेयर बजार बुधबार १७.२८ अंक बढेको छ । सो वृद्धिपछि नेप्से २७३६ अंकमा कायम भएको छ ।

आज कारोबारका क्रममा १२:४२ बजे बजार २७४५ अंकसम्म पुगेको थियो । बजार बढ्दा पनि कारोबार रकम सामान्य घटेको छ । अघिल्लो दिन ८ अर्ब ३९ करोडको कारोबार भएकोमा आज ८ अर्ब २३ करोडको भयो ।

धेरैजसो सेक्टर बढेका छन् । बैंकिङ ०.५३, फाइनान्स ०.०२, होटल तथा पर्यटन ०.६४, हाइड्रोपावर ०.८५, लगानी १.७६, जीवन बीमा ०.६४, उत्पादन ०.१८, निर्जीवन बीमा ०.४०, अन्य १.५७ र व्यापार ०.२१ प्रतिशत बढे । माइक्रोफाइनान्स ०.२७ र विकास बैंक सेक्टर ०.३३ प्रतिशत घटे ।

पिपुल्स हाइड्रोपावरको मूल्य ९.७९ प्रतिशत बढ्यो । प्रभु इन्स्योरेन्सको ७.८९, दिव्यश्वरी हाइड्रोपावरको ७.६७, घलेम्दी हाइड्रोपावरको ६.७१ तथा मनकामना इन्जिनियरिङ हाइड्रोपावरको ६ प्रतिशत मूल्य बढ्यो ।

प्रतिक्रिया दिनुहोस्