मणिमुकुन्द मुकुन्दलाई उपाधि



फागुन  ।  चौथो खुमबहादुर खड्का स्मृति लुम्बिनी प्रदेशस्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि मणिमुकुन्द भलिबल क्लब रुपन्देहीले जितेको छ ।

घोराहीमा शनिबार भएको फाइनल खेलमा न्यु होराइजन स्पोट्र्स क्लब बुटवललाई १ का विरुद्ध ३ सेटले बिजयी भएको हो । कडा प्रतिष्पर्धात्मक खेलमा मणिमुकुन्द भलिबल क्लबले २५–१४,२७–२९,२५–१९ र २५–२० को जीत निकाल्दै उपाधि हात पारेको हो । उपाधिसँगै मणिमुकुन्दले दुई लाख ५१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र जित्न सफल भएको छ । उपबिजेता बनेको न्यू होराईजनले एक लाख २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो।

पहिलो सेट मणिमुकुन्दले जित्दा दोस्रो सेट न्यु होराइजन स्पोट्र्स क्लबले जितेको थियो। त्यसपछि लगातार दुई सेट जित्दै  मणिमुकुन्दले खेल आफ्नो कब्जामा परेको थियो । प्रतियोगितामा रोयल सिस्ने युवा क्लव तेस्रो भएको  थियो। प्रतियोगितामा तेस्रो भएको रोयल सिस्नेले नगद ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो ।

विजेतालाई नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री भीष्मराज आङदाङ्म्बेले ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए। नेपाली कांग्रेस दाङ खुमबहादुर खड्का विकास समाजको आयोजनामा भएको प्रतियोगितामा लुम्बिनी प्रदेशका ८ टिमको सहभागिता रहेको थियो। प्रतियोगिता फागुनको २० गतेदेखि सञ्चालन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्