जब यौन दुर्व्यहार आरोपी पास्टर नेपालमा आएर धर्म प्रचार गरेपछि……



काठमाडौं । भारतमा यौन दुर्व्यहारको मुद्दा परेपछि फरार रहेका पास्टर बजिन्दर सिंह नेपालमा खुलेआम धार्मिक सभा गरिरहेका छन् ।

४२ वर्षीय ती पास्टर २१ र २२ फागुनमा कैलालीको टिकापुरमा धार्मिक सभाको नेतृत्व गरिरहेका थिए ।

भारतीय सञ्चारमाध्यमका अुनसार प्रहरी अनुसन्धान छल्दै उनी भारतबाट नेपाल आइपुगेका हुन् । भारतको पञ्जाब राज्यकी एक महिलाले उनीमाथि यौन दुर्व्यहारको आरोपमा उजुरी दिएकी छन् । महिलाले २८ फेब्रुअरीमा प्रहरीमा उजुरी दिएकी थिइन् । यस विषयलाई भारतको महिला आयोगले पनि गम्भीरतापूर्वक लिएको बताएको छ ।

बजिन्दरमाथि अनुसन्धान गर्न भनेर पञ्जाब प्रहरीले तीन सदस्यीय विशेष टोली पनि बनाएको छ । तर, विशेष टोलीसमक्ष उपस्थित हुने दिन उनी भारतबाट भागेर नेपाल आइपुगेका हुन् ।

बिजेन्दर जालन्धरको ताजपुर गाउँमा रहेको ‘द चर्च अफ ग्लोरी एण्ड विस्डम’का पादरी हुन् । उनले सन् २०१७ देखि नै ती महिलामाथि यौन दुर्व्यहार गर्ने गरेको आरोप छ ।

उनीमाथि यसअगाडि पनि यौन दुर्व्यहारको आरोप लागिसकेको छ । सन् २०१८ मा यस्तै आरोपमा उनी पक्राउ परेका थिए । गैरकानूनी सम्पत्ति थुपारेको भन्दै सन् २०२३ मा भारतको आयकर विभागले उनका चर्चहरुमा छापा मारेको थियो ।

बीबीसी हिन्दीकाअनुसार उनी १५ वर्ष अगाडि हत्या अभियोगमा जेल परेका थिए । जेलमा रहँदा नै उनी इसाई धर्मालम्बी भएका थिए ।

उनी आफूलाई चमत्कारी पादरीका रुपमा चिनाउँछन् । क्यान्सर, पक्षघातजस्ता रोग निको पार्ने शक्ति आफूमा रहेको दाबी गर्छन् ।

प्रतिक्रिया दिनुहोस्