
आयोजक भक्तपुर निस्ट स्कुल ‘ए’ तेश्रो निस्ट कपअन्तर्गत जुनियर गल्र्स बास्केटबलमा बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
लोकन्थलीस्थित घरेलु कोर्टमा निस्ट ‘ए’ ले माउन्ट भ्युलाई ३१–१८ ले पराजित ग¥यो । सोही स्पर्धामा ओम ज्ञान मन्दिरले निस्ट ‘बी’ लाई १३–८ तथा आर्या एकेडेमीले श्री सञ्जय साइ विद्या मन्दिरलाई १४–१० ले हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।
सिनियर ब्वाइजमा निस्टले जनप्रेमी वल्र्ड स्कुललाई ४१–२२ तथा राजश्री गुरुकुलले एभरेष्टलाई ४१–२५ ले पाखा लगाउदै सेमिफाइनलमा स्थान पक्का गरे ।
जुनियर ब्वाइज फुटबलमा मल्पीले सञ्जय साइलाई ५–०, आर्या एकेडेमीले हाइली क्रिएटिभलाई टाइब्रेकरमा ३–१ र नेक्सस इन्टरनेसनल एकेडेमीले निस्टलाई १–० गोलले पन्छ्याउदै सेमिफाइनल यात्रा तय गरे ।