
वासिङ्टन डि. सी .बिश्व भरी छरिएर रहेका झापालीहरूको सँस्था झापालीहरूको चौथो क्षेत्रीय झापाली-अन्तरराष्ट्रीय
-सम्मेलन आगामी अप्रिल ११ र १२, २०२५ मा वासिङ्टन डिसीमा हुने भएको छ ।
हालसम्म उक्त सम्मेलनमा भाग लिनका लागी अष्ट्रेलिया,कतार,ईजरायल,नेदरल्याण्ड तथा नेपालले भाग लिने जनाई सकेको छ भने अन्य राष्ट्र्हरूले पनि सहभागिता जनाउने क्रम जारी छ ।
झापा तथा नेपालमा बिश्वमा छरिएर रहेका झापाली तथा नेपालीहरूको लगानी र सभावना बारेमा ब्यापक छलफल गर्ने, झापा जिल्ला लगाएत नेपालका अन्य जिल्लामा निम्न आय भएका परिवारका बालबालिकाहरूलाई दिदै आएको छात्रबृत्तिलाई सख्यात्मक रूपले वृद्धि गर्ने,झापाका आदिवासिहरूको जीवन स्तर उकास्न मद्दत गर्नुका साथै उनिहरूको मौलिक सस्कृतीलाई सरक्षण र सम्बर्धन गर्ने बारे पनि छलफल हुने भएको छ ।
यस अघि अन्तर्राष्ट्रिय क्षेत्रीय सम्मेलन कतार,दक्षिण कोरीया र माल्टामा भैसकेको छ । यस सम्मेलनलाई भब्य र सफलता पूर्वक सपन्न गर्नका लागी आयोजक राष्ट्र अमेरिका झापाली समाजका अध्यक्ष मोहन उप्रेतीको अध्यक्षता र संस्थाकी महासचिब सीता पाण्डेको सयोजकत्वमा बिभिन्न उप समितीहरू गठन भैरहेको छ ।
हाल सम्म सँस्थाका कोषाध्यक्ष प्रसन्न सग्रौलाको सयोजकत्वमा आर्थिक उपसमिती र सदस्यहरुमा आशिष सग्रौला ,रोशन बिमली तथा सस्थाका सदस्य कबिन्द्र सिटौलाको सयोजकत्वमा अतिथी स्वागत -सत्कार तथा उप समिती गठन भएको छ भने सो उपसमितीको अन्य सदस्यमा संस्थाका महिला सयोजक गौरा रिसाल रहनु भएको छ ।
अन्तर्राष्ट्रिय झापाली समाजको अध्यक्षमा अमेरिकाका मुकुन्द ढुंगाना हुनुहुन्छ भने महासचिब कतारका नबिन पोख्रेल हुनुहुन्छ।
यस सम्मेलनमा भाग लिनका सम्मेलनका संयोजक (कन्भेनर) सीता पाण्डेले वासिटन डिसी क्षेत्रका सम्पूर्ण संघ/सस्था , डिसी मेट्रो क्षेत्र लगायत अमेरिका भरिका झापाली तथा नेपालीलाई आह्वान गर्नु भएको छ ।