
राजश्री गुरुकुलले तेश्रो निस्ट कपअन्तर्गत सिनियर ब्वाइज बास्केटबलमा आइतबार जित हात पारेको छ । राजश्रीले गेटवे एकेडेमीलाई २९–२३ ले पराजित ग¥यो ।
सिनियर ब्वाइजमै बृहस्पति विद्यापतिले काठमाडौं प्रज्ञाकुञ्जलाई २४–१६ तथा बौद्ध इन्टरनेसनल स्कुल (बीआईएस) ले जेम्सलाई ३१–१४ ले हराए ।
सिनियर गल्र्समा आयोजक भक्तपुर निस्ट स्कुलले ग्यलेक्सी पब्लिकलाई २३–१८ तथा त्रियोगले एमिनिटीलाई १०–७ ले पाखा लगाए ।
जुनियर गल्र्समा निस्टले श्री सञ्जय साइ विद्या मन्दिरलाई १५–५ तथा गेटवेले बीआईएसलाई ९–२ ले पाखा लगाए ।