सभापति देउवाले बोलाए पार्टीका शीर्ष नेताको बैठक



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताको बैठक बोलाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ ५ बजेपछि उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएपछि सभापति देउवाले पार्टीमा छलफलका लागि दिउँसो ४ बजे निजी निवास बुढानीलकण्ठमा पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरूलाई बोलाएका हुन् ।

बैठकमा संसद्मा पेस भएका अध्यादेश र पार्टीको भातृ संगठनको अधिवेशन लगायतका विषयमा छलफल हुने एजेन्डा रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्