
हिलारी नवौं अर्किड कप सेभेन ए साइड अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
हिलारीले लिम्पियालाई २–१ गोलले पराजित ग¥यो । हिलारीका लागि दुवै गोल प्रीतम यादवले गरे । लिम्पियाका सर्जन बुढाले १ गोल फर्काए ।
काँडाघारीस्थित अर्किड प्युपल सेकेन्डरी स्कुलको आयोजनमा भइरहेको प्रतियोगितामा बेस्ट ग्रुप भिजनले न्यु स्टार पोललाई टाइब्रेकरमा ३–२ गोलले हराउदै सेमिफाइनलमा पुग्यो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगियो । ग्रिनविच पनि सेमिफाइलनमा पुग्यो ।