
काठमाडौं । माउन्टेन मुभर्सले खुला बास्केटबल प्रतियोगिताको महिलामा बिहीबार जित हात पारेको छ । ३ टिम सहभागी राउन्ड रोविन लिगमा माउन्टेन मुभर्सले कीर्तिपुरलाई ६८–५२ ले पराजित ग¥यो । मुभर्सकी डोल्मा तामाङले २६ अंक जोडिन् ।
माउन्टेनको पहिलो तथा कीर्तिपुरको दोश्रो खेल हो । कीर्तिपुरले पहिलो खेलमा आईएसए नेपाललाई ५२–४९ ले हराएको थियो । मुभर्स र आईएसए नेपालबीचको अन्तिम लिग खेलले फाइनल पुग्ने प्रतिद्वन्द्वीको टुंगो लाग्ने छ । उक्त खेल आईएसए नेपालले जिते तीनै टोलीको समान १–१ जित हुनेछ । त्यो अवस्थामा स्कोर अन्तरका आधारमा फाइनल पुग्ने टोलीको निक्र्यौल हुनेछ । मुभर्स विजयी भए मुभर्सले फेरि एकपल्ट फाइनलमा कीर्तिपुर विरुद्ध खेल्ने छ ।

पहिलो क्वाटरमा १५–१४ को झीनो अन्तरले अग्रता लिएको मुभर्सले दोश्रोमा २०–११ को अग्रता बनायो । तेश्रोमा मुभर्स १७–१९ ले पछि मुभर्सले चौथोमा १६–८ को प्रदर्शन ग¥यो । नखिपोट युथ क्लब र नेपाल लोकतान्त्रिक खेलकुद संघ, ललितपुरद्वारा संयुक्त आयोजित प्रतियोगिताको पुरुषमा सामाखुशी युथ क्लब, शंकरदेव, कीर्तिपुर र रोयलले क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।
आयोजक नखिपोट युथ क्लबको कभर्डहलमा सामाखुशीले अल स्टारलाई ५७–३९ ले हरायो । सामाखुशीका प्रज्ज्वल महर्जनले १७ अंक जोडे । शंकरदेवले भंगगाललाई ६६–५२ ले पाखा लगायो । शंकरदेवका असिम थापाले १९ अंक बटुले । कीर्तिपुरले बलर्सको चुनौती ७५–६० ले पन्छायो । कीर्तिपुरका अनिलले १५ स्कोर गरे । रोयलले विशाल मिलन केन्द्र (बीएमके) माथि ६९–६५ को कठिन जित दर्ता ग¥यो । रोयलका सुजन महर्जनले २१ अंक जोडे । पहिलो दिन बुधबार आयोजक नखिपोट युथ क्लब र टाइम्सले क्वाटरफाइनलमा स्थान पक्का गरेका थिए ।