
च्याम्पियन मार्शल आट्र्स क्लब युएसएले २०२५ गार्डेन स्टेट च्याम्पियनशिप करातेमा दुई रजत र दुई कांस्य गरी ४ पदक जितेको छ ।
एघरौं दक्षिण एसियाली खेलकुद र १३ औं एसियाली प्रशान्त सितोरियो कराते च्याम्पियनशिपका स्वर्ण पदक विजेता सुनील लामा प्रशिक्ष रहेको च्याम्पियन टोलीले ४ पदक जितेको हो ।
लामाका छोरा याङतेन लामाले १०–११ वर्ष उमेरसमूहको कुमितेमा रजत र कातामा कांस्य पदक जिते । युवा डिभिजनमा राइडेन थापा मगरले ५ वर्षमुनिका सुरुआती वर्गमा कुमितेमा रजत पदक जिते भने ६–७ वर्ष उमेरका सुरुआती वर्गमा अभिर महर्जनले कुमितेमा कांस्य पदक जिते ।
“हाम्रा खेलाडीले प्रतियोगिताभरि उत्कृष्ट एकाग्रता र दृढ संकल्प प्रदर्शन गरे,” लामाले भने– “यी नतिजाहरूले उनीहरूले आफ्नो प्रशिक्षणमा लगाएको समर्पण र कडा परिश्रमलाई प्रतिबिम्बित गर्दछ ।”
न्यूयोर्कको वुडसाइडमा अवस्थित च्याम्पियन मार्शल आट्र्स क्लब, युएसएले कराते कला मार्फत अनुशासन, सम्मान र दृढतालाई प्रवद्र्धन गर्दै सबै उमेरका खेलाडीहरूलाई तालिम दिन जारी राखेको प्रशिक्षक लामाले जनाएका छन् ।