हिमालीको तीनै टोली सेमिफाइनलमा



आयोजक हिमाली बोर्डिङ स्कुलको तीनै टोली प्रथम हिमाली अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा सोमबार सेमिफाइनलमा प्रवेश गरेको छ । हिमालीको सिनियर ब्वाइज, सिनियर गल्र्स र जुनियर ब्वाइज टोली सेमिफाइनलमा पुगन सफल भए ।

सिनियर ब्वाइजमा हिमालीले एक्मीलाई २९–१४ ले पराजित ग¥यो । हिमालीको जितमा सुदिप यादवले १३ अंक योगदान गरे । राधा बोहराको ११ अंक सहयोगमा सिनियर गल्र्समा हिमालीले क्यान्भासलाई १७–८ ले हरायो । जुनियर ब्वाइजमा हिमालीले इनोभेटिभलाई १३–२ ले पन्छायो । हिमालीका विनायक रम्तेलले १० अंक बटुले ।

सिनियर ब्वाइजमा विल्सन एकेडेमीले ग्रिन लन्सलाई ४४–३०, हेम्सले काठमाडौं जेभियर पब्लिकलाई ५७–३३ र ज्ञान निकेतनले केयर इङलिसलाई ३४–२१ ले पन्छ्याउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । विल्सनका अनुप मगरले ११, हेम्सका जोनस शाहले १९ र ज्ञान निकेतनका स्वराज मन्सुरले ६ अंक जोडे । सेमिफाइनलमा ज्ञान निकेतनको भेट हेम्ससंग हुनेछ भने हिमालीले विल्सन विरुद्ध खेल्ने छ ।

सिनियर गल्र्समा रिलायन्स रेसिडेन्सियलले ग्रिन लन्सलाई २४–७ ले पराजित गरी सेमिफाइनलमा पुग्यो । रिलायन्सकी एलिसा तामाङले १४ अंक बटुलिन् । सेमिफाइनल ग्रिन लन्स र हिमाली तथा रिलायन्स र क्यान्भासबीच हुनेछ ।

जुनियर ब्वाइजमा सम्भावीले ग्रिन लन्सलाई ३०–२६ तथा सनसाइनले काठमाडौं जेभियरलाई ३०–८ ले हराउदै सेमिफाइनल यात्रा तय गरे । सम्भावीका नरेश विकले २२ तथा सनसाइनका आयुश बोहराले १० स्कोर गरे । सेमिफाइनलमा सम्भावीले हिमाली तथा ग्रिन लन्सले सनसाइनसंग खेल्ने छन् ।

प्रतिक्रिया दिनुहोस्